बेलायतमा पहिलोपटक देखिएको संक्रामक कोरोनाको नयाँ प्रकारबाट हालसम्म हङकङमा २० जना संक्रमित बनिसकेको साउथ चाइना मर्निङ पोस्टले जनाएको हो।
बिहीबार कुल ३९ संक्रमित थपिँदा ३ जनामा नयाँ कोरोनाको संक्रमण देखिएको बताएको छ।
नयाँ प्रकारको कोरोना पहिलेभन्दा ७० प्रतिशत संक्रामक भएको बताइएको छ। फिलिपिन्स, कतार र स्वीजरल्यान्डबाट हङकङ आएका व्यक्तिहरुमा नयाँ प्रकारको कोरोना देखिएको बताइएको छ।
बिहीबार ३९ संक्रमित थपिँदा हालसम्म यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या १० हजार ३२१ पुगेको छ। यहाँ कोरोनाले १७६ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया