सन् २०१९ मा हङकङमा ७ महिना लामो सरकारविरुद्धको प्रदर्शन भएको थियो। हङकङका अपराधीलाई चीन सुपुर्दगी गर्न सकिने विधेयकविरुद्ध त्यहाँ बृहत प्रदर्शन भएको थियो।
सो क्रममा प्रदर्शनको बहाना गर्दै अनगिन्ती पसलहरुमा लुटपाट मच्चाइएको थियो। नकाबधारी समूहले दर्जनौं स्थानमा लुटपाट गरेका थिए।
यतिबेला सोही समयमा प्रदर्शनको बहानामा लुटपाट मच्चाउने एक १५ वर्षका किशोरलाई अदालतले लुटपाटमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै जरिवाना गरेको छ।
उनले यसअघि लुटपाट नगरेको बताएका थिए। तर सीसीटीभी फुटेजमा उनी लुटपाटमा संलग्न भएको देखिएको हो।
जेलमा राख्ने उपयुक्त उमेर नभएकाले उनलाई अदालतले ५२७ हङकङ डलर जरिवाना गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
उनले लुटपाट तथा चोरीमा संलग्न नहुन भन्दै सचेत गराइएको बताइएको छ। यस्ता गतिविधिमा संलग्न हुने धेरैलाई प्रहरीले खोजी गर्दै जेल चलान गरिरहेका छन्।
हाल हङकङमा मुख्यक्षेत्र चीनले राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएकाले त्यहाँ सरकारविरुद्ध अथवा मुख्यक्षेत्र चीनविरुद्ध प्रदर्शन गर्न सहज छैन।
प्रशासनले नयाँ कानुन अनुसार नै यतिबेला सन् २०१९ का प्रदर्शनकारीलाई खोजी खोजी पक्राउ गरिरहेको छ। यसबीचमा धेरै प्रदर्शनकारी जसले स्वतन्त्र हङकङको नारा लगाएका थिए यतिबेला उनीहरु त्रसित बनेका छन्।
गिरफ्तार हुने डरकै कारण केही ताइवान भाग्न थालेका छन्।
प्रतिक्रिया