उडान स्थगित भएपछि हजारौं यात्रु अलपत्र परेका छन्। पाँच लाखभन्दा बढी हङकङका नागरिक प्रदर्शनमा उत्रिएको उल्लेख गरिएको छ।
सोमबार मध्यान्नदेखि मंगलबार विहानसम्म विमानस्थलका एक अथवा दुई रनवेमात्र खुला हुने विमानस्थल अधिकारीहरुले जनाएका छन्।
हङकङमा यसअघि प्रत्येक घण्टा ६८ वटा उडान हुने गर्दथ्यो। सोमबार मध्यान्नबाट घटाएर ३४ वटामात्र उडान हुने जनाइएको छ।
यस प्रदर्शन दुई महिना अगाडिबाट जारी प्रदर्शनकै पाटो भएको जनाइएको छ। सुपुर्दगी विधेयकविरुद्धको प्रदर्शनपछि चीनले जनमुक्ति सेना हङकङमा खटाउने चेतावनी दिएसँगै हङकङका नागरिक झनै आक्रोशित बनेका हुन्।
सुपुर्दगी विधेयक पारित भए हङकङ सरकारले त्यहाँका नागरिकलाई चीन पठाउन सक्छन्। हङकङ नागरिकले स्वतन्त्रता खोसिने त्रास भएकाले प्रदर्शन गरेको बताइरहेका छन्।
सोमबार बिहान साढे ८ बजेसम्म ११७ विमान हङकङबाट उडान भइसक्नु पर्ने थियो। ९८ विमान हङकङ भित्रिसक्नु पर्ने थियो। तर प्रदर्शनका कारण ती सबै उडान स्थगित भएको जनाइएको छ।
प्रदर्शनका कारण क्याथे प्यासिफिक, क्याथे ड्रागन, एचके एक्सप्रेस तथा हङकङ एयरलाइन्सका विमानहरु प्रभावित भएका छन्।
उडान अवरुद्ध हुँदा विमानस्थल तथा विमान कम्पनीलाई ठूलो घाटा पुग्ने गरेको छ।
Shares
प्रतिक्रिया