हङकङमा महिलालाई मुक्का हानेको आरोपमा ८५ वर्षीय वृद्धलाई जेल सजाय

हङकङमा महिलालाई मुक्का हानेको आरोपमा ८५ वर्षीय वृद्धलाई जेल सजाय

नेपालखबर
पुस २८, २०७७ मंगलबार १३:३,

कुन तोङ अदालतले नान होकलाई १४ दिनको जेल सजाय सुनाएको हो।

सन् २०१९ मा सरकारविरद्धको आन्दोलन जारी रहेको समयमा नान होक–होइ नाम गरेका वृद्धले एक महिलालाई दुई पटकसम्म मुक्का हानेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

लिउङ थर भएकी महिलामाथि नान होकले मुक्का हानेका थिए।

प्रहरीका अनुसार महिला आन्दोलनको समर्थक थिइन् भने नान होक आन्दोलनको विपक्षमा थिए।

Hong Kong protests pit the city′s young against the old | Asia| An in-depth  look at news from across the continent | DW | 28.06.2019

प्रदर्शनकारीले कोलोन बे नजिकैको लेनन वालमा सरकारविरुद्ध पोस्टर टाँस्ने गरेका थिएभने त्यहाँ नाराहरु लेख्ने गरेका थिए।

नान होकले भने भित्तामा टाँसिएका पोस्टरहरु च्यात्ने गरेका थिए। सन् २०१९ को डिसेम्बर २ मा मुक्का प्रहारको घटना भएको बताइएको छ।

वृद्धले मुक्का प्रहार गरेको भिडियो पनि सार्वजनिक भएका थिए।

यतिबेला भने हङकङमा प्रदर्शनकारी लक्षित कडा कानुन बनेको छ। सन् २०१९ मा सरकारसँगै मुख्यक्षेत्र चीनको चर्को रुमपा विरोध भएको थियो।

गतवर्ष जारी भएको राष्ट्रिय सुरक्षा कानुनअनुसार भने चीन सरकारविरुद्ध र चीनको झण्डा र राष्ट्रिय गानविरुद्ध उत्रनेलाई अपराधी करार गरिनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .