हङकङमा व्यक्ति हत्यामा संलग्न भएको आशंकामा १५ वर्षका किशोरसहित १३ गिरफ्तार

हङकङमा व्यक्ति हत्यामा संलग्न भएको आशंकामा १५ वर्षका किशोरसहित १३ गिरफ्तार

नेपालखबर
पुस २६, २०७७ आइतबार १२:४८,

समाधिस्थलमा प्रयोग हुने सामग्री बनाउने कारखानामा काम गर्ने तथा वो होप सेक गाउँका पूर्व प्रमुख रहेका पाङ युक–वाकको गत डिसेम्बर २२ मा हत्या भएको थियो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सोही घटनामा संलग्न रहेको आशंकामा १२ पुरुष र एक महिला गिरफ्तार भएका हुन्।

गत महिना कारखानामै गएर नकाबधारी समूहले योजनाबद्ध रुपमा १० सेकेन्ड भित्रै पाङको हत्या गरेका थिए।

यस घटनामा संलग्न भएको आशंकामा पक्राउ परेकाहरु व्यापारी, सवारी चालक, कुक, सुरक्षा गार्डहरु रहेको बताइएको छ।

भिडिओ फुटेजमा देखिएअनुसार ५७ वर्षका पाङमाथि चक्कु लगायतका हतियार प्रहार गरिएको छ।

घटनामा गम्भीर घाइते भएका उनलाई नर्थ डिस्ट्रिक्ट हस्पिटलमा लगिएको थियो। यद्यपी उनको मध्यान्न १२ बजेर ३० मिनेटमा मृत्यु भएको थियो।

पाङ सन् २०१५ देखि २०१९ सम्म वो होम सेक गाउँका प्रमुख थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .