बिहीबार बिहानैबाट आवेदकहरु लोक फूस्थित हाउजिङ अथोरिटीको कार्यलयमा निवेदन दिन पुगेका थिए। ती फ्लाटहरु बजार मूल्यभन्दा ५९ प्रतिशत सस्तो भएको कुरा द स्टान्डर्डले बताएको छ।
होम ओनरसिप परियोजना अन्तर्गत हो मान तीन, छेङ शा को वान , क्वाई चुङ को, चुङ क्वान ओ, मा ओन सान र शा तीनमा निर्माण भएका ४ हजार ८ सय ७१ फ्लाटहरु बिक्रीका लागि आह्वान गरिएको हो।
ती फ्लटको साइज २७६–५६८ स्क्वायर फिटसम्मका छन भने १.५६ मिलियनदेखि ५.२९ मिलियन हङकङ मूल्य तोकिएको छ।
मापदण्ड पुगेका सेतो र हरियो फर्म वाहकहरुले आगामी जून १२ सम्म आवेदन फर्म भर्न सम्ने जनाइएको छ।
प्रतिक्रिया