केही समययता हङकङमा तीव्र गतिमा कोरोना संक्रमित देखिरहेका छन्, त्यसमाथि यहाँ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएको छैन।
कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएका संक्रमितहरु बढ्न थालेपछि यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोना ‘विस्फोटक’ रुपमा फैलने चेतावनी दिएका छन्।
हङकङका स्वास्थ्य विज्ञ डाक्टर लाउ का–हिन भन्छन्,‘हङकङमा कोरोना महामारीको वर्तमान अवस्था हेर्दा म भन्न सक्दछु, यहाँको अवस्था धेरै गम्भीर छ।’
पछिल्लो समय तीव्र गतिमा कोरोना फैलँदै गएपछि हङकङमा धेरै मानिस जम्मा गरेर धार्मिक र भ्रमणका कार्य गर्न नपाइने नियम बनाइएको छ साथै भीडभाड हुने गरेर विवाह कार्यक्रम गर्नमा पनि प्रतिबन्ध लागेको छ।
यहाँ भीडभाडमा मास्क नलगाउने मानिसले १० हजार हङकङ डलर जरिवाना तिर्नुपर्ने नियम पनि बनाइएको छ।
डान्सबार र डिस्कोबाट धेरै कोरोना संक्रमित देखिएपछि हङकङमा हाल त्यस्ता मनोरन्जनात्मक स्थलहरु संचालन गर्नबाट यहाँ बन्चित गरिएको छ भने यहाँका शैक्षिक संस्थाहरु आगामी जनवरीसम्म बन्द गरिने घोषणा गरिएको छ।
शनिबार १०१ नयाँ संक्रमित थपिएसँगै यहाँ ६८ सय २ मा कोरोना पुष्टि भइसकेको छ। कोरोना कारण यहाँ ११२ को मृत्यु भइसकेको छ। एससीएमपी
प्रतिक्रिया