साउथ चाइना मर्निङ पोस्टकाअनुसार बिहीबार भेटिएका संक्रमितमध्ये ३१ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएको छैन।
पछिल्लो समय हङकङमा कोरोना भाइरसका संक्रमित तीव्र गतिमा बढ्न थालेको देखिएको छ।
यसबीचमा धेरै मानिसको कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएपछि धेरै मानिसहरु कोरोनाको जोखिममा रहेको अनुमान गरिएको छ।
यससँगै हङकङमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ हजार ५८९ पुगेको छ भने यहाँ कोरोनाका कारण ११० जनाले ज्यान गुमाइसकेका छन्। बिहीबार यहाँ कोरोनाले एक जानको ज्यान लिएको हो।
हालसम्म ५३ सयभन्दा बढी कोरोना मुक्त भएको पनि बताइएको छ।
तीव्र गतिमा कोरोना फैलँदै गएपछि हङकङमा बुधबारदेखि धेरै मानिस जम्मा गरेर धार्मिक र भ्रमणका कार्य गर्न नपाइने नियम बनाइएको छ साथै भीडभाड हुने गरेर विवाह कार्यक्रम गर्नमा पनि प्रतिबन्ध लागेको छ।
यहाँ भीडभाडमा मास्क नलगाउने मानिसले १० हजार हङकङ डलर जरिवाना तिर्नुपर्ने नियम पनि बनाइएको छ।
डान्सबार र डिस्कोबाट धेरै कोरोना संक्रमित देखिएपछि हङकङमा हाल त्यस्ता मनोरन्जनात्मक स्थलहरु संचालन गर्नबाट यहाँ बन्चित गरिएको छ भने यहाँका शैक्षिक संस्थाहरु आगामी जनवरीसम्म बन्द गरिने घोषणा गरिएको छ।
Shares
प्रतिक्रिया