रहिनन् १८ वर्षीया सुरेखा, हङकङ आगलागीमा ज्यान गुमाउने नेपालीको संख्या आठ पुग्यो

रहिनन् १८ वर्षीया सुरेखा, हङकङ आगलागीमा ज्यान गुमाउने नेपालीको संख्या आठ पुग्यो

नेपालखबर
मंसिर ६, २०७७ शनिबार ६:३६,

हङकङमा गत आइतबार राति भएको आगलागीमा परेर गम्भीर घाइते भएकी १८ वर्षीया सुरेखा कँडेलको शुक्रबार साँझ निधन भएको छ।

हङकङको जोर्डनस्थित नेपाली रेष्टुरेन्टमा गत आइतबार राति भएको आगलागीमा ज्यान गुमाउने सुरेखा आठौं नेपाली हुन्।

आगलागीमा परेका ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राज बाबु नेपाल, ९ वर्षीय रायन नेपाल, ३२ वर्षीया अनिता निरौला, ३९ वर्षीय शेरबहादुर गुरुङ र ४० वर्षीया विनिता तामाङको त्यहि रात ज्यान गएको थियो।

आगलागीमा परेर ११ जना घाइते भएका थिए।

HK fire Surekchya Kandel

आगलागीमा परेर गम्भीर घाइते भएकी सुरेखाको उपचार जोर्डनकै क्वीन एलिजावेथ अस्पतालमा भइरहेको थियो। घटना भएको पाँच दिनपछि शुक्रबार साँझ उनको निधन भएको हो।

सुरेखाको मृत्युसँगै यो घटनामा एउटै परिवारबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। तीन वर्षीय छोराको जन्मदिन मनाउन भेला भएका बागलुङका युवराज कँडेलको परिवारका उनीसहित उनकी छोरी कृतिका, ज्वाइँ राजबाबु नेपाल र भान्जा रायन नेपालको त्यहि राति ज्यान गएको थियो।

सुरेखा युवराजका भाइ कृष्णबहादुर कँडेलकी छोरी हुन्। गम्भीर अवस्थामै रहेका कृष्णबहादुर कँडेल र उनकी श्रमति देविका कँडेलको पनि क्वीन एलिजावेथ अस्पतालमै उपचार भइरहेको छ भने १३ वर्षीय छोरा सालिग्राम कँडेल चाइ वान अस्पतालमा उपचाररत छन्।

यो पनिः
हङकङका अग्नी पीडित नेपाली परिवारलाई ली का सिंहले दिए ३० लाख डलर सहयोग
हङकङ आगलागीः छोराको जन्मदिन मनाउन नपाउँदै एकै नेपाली परिवारका चार जनाको गयो ज्यान

अस्पतालमा उपचार गराइरहेकामध्ये तीन जना अझै चिन्ताजनक अवस्थामा छन् भने ६ जनाको अवस्था स्थिर रहेको छ। एक जना उपचारपछि घर फर्केका छन्।

हङकङमा करिब ४० हजार नेपाली स्थायी रुपमा बसोबास गर्दै आएका छन्। आठ जनाको ज्यान लिएको यो घटना हङकङका नेपालीबीच अहिलेसम्मकै सबैभन्दा दुखद घटना मानिएको छ।

अगलागीमा परेर ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिहीबार शोक सभा आयोजना गरेका हङकङका नेपाली संघसंस्थाले शुक्रबार द्वीप प्रज्ज्वलन गरेका छन्। 

यो पनिः
– स्तब्ध नेपालीलाई स्थलगत निरीक्षणमा आएकी क्यारी लामको समवेदना
– हङकङका नेपाली स्तब्ध : आगलागीमा सात जना नेपालीको मृत्यु, तीन गम्भीर
– हङकङको नेपाली रेष्टुरेन्टमा आगलागी, सात जनाको मृत्यु

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .