हङकङका अग्नी पीडित नेपाली परिवारलाई १० लाख डलर सहयोग

हङकङका अग्नी पीडित नेपाली परिवारलाई १० लाख डलर सहयोग

नेपालखबर
मंसिर २, २०७७ मंगलबार ५:१५,

हङकङको जोर्डनका अग्नी पीडित नेपालीलाई हङकङको परोपकारी संस्था सिक सिक युनले १० लाख हङकङ डलर सहयोग गर्ने भएको छ।

आइतबार राती जोर्डनको नेपाली रेष्टुरेन्टमा भएको आगलागीमा परेर सात जना नेपालीको मृत्यु भएको छ भने अन्य ११ जना घाइतेको उपचार भइरहेको छ। घाइतेमध्ये केही अझै पनि गम्भीर अवस्थामा छन्।

हङकङको डिमसम डेलीले जनाए अनुसार परोपकारी संस्था सिक सिक युनले १० लाख हङकङ डलर (करिब १ करोड ५३ लाख रुपैयाँ) मृतकका परिवार र घाइतलाई सहयोग गर्ने निर्णय गरेको हो।

संस्थाले मृतकका परिवारलाई ५० हजार र घाइतेका परिवारलाई ३० हजार हङकङ डलर सहयोग प्रदान गर्ने तयारी गरेको छ।

हङकङका अग्नी पीडित नेपालीलाई आएको गैरसरकारी क्षेत्रको यो पहिलो सहयोग हो। हङकङका राजनीतिक पार्टीका संगठन र नेपाली संघसंस्थाले पनि सहयोग जुटाउने तयारी गरेका छन्।

सोमबार प्रमुख कार्यकारी क्यारी लामले घटनास्थलको निरीक्षण गर्ने क्रममा मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै सरकारले आवश्यक सकयोग गर्ने बताएकी थिइन्।

‘जो आगलागीमा परे उनीहरू न्युन आय भएका परिवार हुन्, मृतकको अन्त्येष्टि खर्च र मेडिकल खर्च जुटाउने तथा नयाँ घर खोज्ने र रोजगारी गुम्ने दबाब उनीहरूमा छ’, सिक सिक युनले भनेको छ, ‘त्यो दबाब कम गर्न सहयोग पुगोस् भनेर तत्काल १० लाख सहयोग गर्ने निर्णय गरिएको हो।’

हङकङको सिक सिक युन बौद्ध धर्म, ताओ र कन्फ्युसियस विचार पछ्याउने एक धार्मिक परोपकारी संस्था हो, जसले सन् २००९ देखि दैवी प्रकोप र अन्य घटनाबाट अप्ठ्यारोमा परेका पीडितलाई आपतकालिन सहयोग उपलब्ध गराउँदै आएको छ।

यो पनिः
– स्तब्ध नेपालीलाई स्थलगत निरीक्षणमा आएकी क्यारी लामको समवेदना
– हङकङका नेपाली स्तब्ध : आगलागीमा सात जना नेपालीको मृत्यु, तीन गम्भीर
– हङकङको नेपाली रेष्टुरेन्टमा आगलागी, सात जनाको मृत्यु

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .