हङकङको नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु, घाइतेमध्ये धेरै नेपाली

हङकङको नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु, घाइतेमध्ये धेरै नेपाली

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार १६:१३,

हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ।

मृत्यु भएका एक बच्चासहित चार पुरुष र तीन महिलाको सनाखत भइसकेको छैन। तर मृतकहरू दक्षिण एसियाली मुलका नागरिक रहेको प्रहरीलाई उधृत गर्दै साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

हङकङको समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो। तत्कालै एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएका घाइतेमध्ये १० वर्षीय बालकसहित सात जनाको मृत्यु भएको हो।

अर्को एक प्रहरी स्रोतले आगलागीमा १७ जना घाइते भएको र तीमध्ये धेरै नेपाली मुलका नागरिक रहेको जनाएको छ।

HK Fire3

घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो।

हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट जोगिन एक जना पुरुष राती करिब ८ बजेर ३५ मिनेटमा झ्यालबाट चिच्याउँदै भाग्दै गरेको देखिएका थिए। झ्यालबाट भाग्दै गर्दा खसेर उनी पनि घाइते भएका छन्।

अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।

HK Fire2

घाइतेलाई नजिकैको क्वीन एलिजावेथ, क्वांग वाह, प्रिन्सेस मार्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टर लगिएको छ।

बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको बताइएपनि यसको पुष्टि भइसकेको छैन। घटनको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले याउमातेइमा आइतबार राती भएको आगलागीको त्रासदीबाट आफु दुखी भएको बताउँदै घाइतेको उपचार र घटनाको कारण पत्ता लगाउन निर्देशन दिइएको जनाएकी छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .