हङकङमा चार सांसदलाई अयोग्य ठहर गरिएपछि सबै विपक्षी सांसदले दिए राजीनामा

हङकङमा चार सांसदलाई अयोग्य ठहर गरिएपछि सबै विपक्षी सांसदले दिए राजीनामा

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार १०:३१,

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनले हङकङ सरकारले कुनैपनि राजनीतिज्ञलाई पदबाट हटाउनसक्ने कानुन पारित गरेपछि चार सांसदलाई हङकङ सरकारले बुधबार अयोग्य ठहर गरेको थियो।

यस कानुनअनुसार पदबाट हटाइएका सांसदले अदालतमा समेत जान पाउने छैनन्। हङकङ चीनबाट अलग्याउन चाहने र देशको राष्ट्रिय सुरक्षामा असर पुग्ने खालका कार्यका संलग्न सांसदलाई अयोग्य ठहर गरिने कानुनमा बताइएको छ।

बुधबार सिभिक पार्टीका सांसद एल्भिन युङ एनगक–किउ, कोक का–की, डेनिस कोकका साथै प्रोफेस्नल्स गिल्डका सांसद केननथ लिउङ सांसद पदका लागि अयोग्य ठहर भएका हुन्।

The four disqualified legislators are (left to right) Alvin Yeung Ngok-kiu, Kwok Ka-ki, Kenneth Leung and Dennis Kwok. Photo: SCMPपदका लागि अयोग्य ठहर भएका सांसदहरु क्रमशः एल्भिन युङ एनगक–किउ, कोक का–की, केननथ लिउङ र डेनिस कोक

हङकङ चीनबाट अलग्याउने कार्यमा लागेको र देशको राष्ट्रिय सुरक्षामा असर पुग्ने खालका कार्यका यी सांसदहश्र संलग्न भएका कारण उनीहरुलाई पदबाट हटाइएको बताइएको छ।

विपक्षी सांसदलाई अयोग्य ठहर गरेसँगै बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै विपक्षी सांसदहरुले पदबाट सामूहिक राजीनामा दिएको एपीले जनाएको छ।

सांसद वु चि–वाई भन्छन्,‘केन्द्र सरकारको क्रुर चालका कारण हाम्रा साथीहरु अयोग्य ठहर भए त्यसैले हामीले आज राजिनामा दिँदै छौं।’

‘बेइजिङको कार्य हास्यास्पद छ। हङकङमा आजबाट एक देश दुई प्रणाली पनि समाप्त भएको छ’ उनले भने।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .