लाम सुई–हङले गतवर्षको अक्टोबर १४ मा मङककको प्रहरी कार्यालयमा पेट्रोल बम हानेका थिए।
उनलाई हालै ताइवान भाग्ने क्रममा चिनियाँ प्रहरीले पक्राउ गरेका थिए। हाल उनलाई मुख्यक्षेत्र चीनको सेनजेनमा राखिएको छ।
उनले मंगलबार आफूलाई अपरिचित समूहले प्रहरी कार्यालयमा बम हान्न बाध्य पारेको बताए। प्रहरी कार्यालयमा बम नहाने ती समूहले प्रेमिकाको नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिएको पनि उनले बताएका थिए।
प्रहरी कार्यालयमा बम हान्न बाध्य पारिएको बयान दिएपछि हङकङको जिल्ला अदालतले भने उनको बयान खारेज गरिदिएको छ।
अदालतमा न्यायाधीश एन्थोनी कोक काई–अनले यस विषयमा थप अनुसन्धान गर्न निर्देशन दिएका छन्। एससीएमपी
12.0k
Shares
प्रतिक्रिया