नेपालीहरुको घनाबस्ती रहेको यौमातेइको सडकमा आइतबार बिहान करिब १ बजे दुर्घटना हुँदा २१३–२२५ साङ्घाई स्ट्रीटमा अवस्थित जक्की क्लबको टिकट बिक्री भवन क्षतिग्रस्त भएको छ।
चिट्ठा काट्न तथा त्यहा राखिएको टिभिमा फुटबल र घोडा दौडको प्रत्यक्ष प्रसरण हेर्न ठुलो भिड लाग्ने उक्त स्थानमा अबेर रातको कारण चहलपहल बन्द भएको समयमा दुर्घटना भएकोले ठूलो मानवीय क्षति भने हुन पाएन।
नाथन रोड ईटन होटल तर्फबाट तेज गतिमा आएको सेतो रङ्गको स्पोर्ट्स कार साङ्घाई स्ट्रीटतर्फ मोड्न खोज्दा चालकले नियन्त्रण गुमाएका थिए।
त्यसपछि उक्त कार भवनमा ठोक्किन पुगेको प्रहरीले बताएको छ।
कारको ठक्करबाट भवनको ढोका तथा सिसाहरु क्षतिग्रस्त भएको छ। बिहान दुर्घटनास्थलमा ठूलो सङ्ख्यामा उद्दारकर्मी, प्रहरीहरु, बारुणयन्त्र तथा एम्बुलेन्स खटाइएको थियो।
दुर्घटनापछि चालक फरार भएका थिए। प्रहरी चालक फरार भएपछि घटनास्थलमा आइपुगेको थियो।
दुर्घटनास्थल नजिकै रहेको नेपालीहरुद्वारा सन्चालित बगैँचा रेस्टुरेन्टका खानपान गरिरहेका नेपालीहरुले बाहिर ठूलो आवाज सुनेको नेपालखबरलाई बताए।
सन्चालकमध्येका एक नरेश सुनुवारका अनुसार दिनमा उक्त दुर्घटना भएको भए धेरै सङ्ख्यामा हताहती हुनसक्ने थियो।
एर्का एक नेपालीले भने,‘हामी कामबाट फर्किएपछी त्यही नजिकै साथीहरुसँग गफ गर्दै थियौं। अब त त्यो ठाउमा जानै डर लाग्न थाल्यो।’
हङकङमा कयौं सडक दुर्घटना दोहोरिरहन्छन्। यहाँ वर्षेनी दुर्घटनामा परेर सयौंको मृत्यु भएको र सयौं घाइते भएको खबर आइरहन्छ।
(भिडियो)
प्रतिक्रिया