हङकङमा थपिए १० नयाँ कोरोना संक्रमित, नियम उल्लंघन गरे ५० हजार डलरसम्म जरिवाना

हङकङमा थपिए १० नयाँ कोरोना संक्रमित, नियम उल्लंघन गरे ५० हजार डलरसम्म जरिवाना

नेपालखबर
असोज १५, २०७७ बिहिबार १२:३८,

संक्रमितमध्ये एक जनाबाहेक सबै विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ।

पाँच जना बेलायतबाट फर्किएका थिए भने दुई–दुईजना फ्रान्स र दुबईबाट फर्किएका थिए।

यस्तै क्विन इलिजावेथ हस्पिटलमा कार्यरत एक नर्समा बिहीबार बिहानै कोरोना पोजिटिभ देखिएको एससीएमपीले जनाएको छ।

यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ६ हजार नजिक पुगेको छ। यहाँ बिहीबारसम्म ५ हजार ९७ जनामा कोरोना पुष्टि भएको छ।

संक्रमितमध्ये १०५ को मृत्यु भएको छ भने ८४ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।

यसैबीच हङकङमा कोरोनाविरुद्धको नियम उल्लंघन गर्नेलाई ठूलो जरिवाना गर्न सकिने प्रावधान बनेको छ।

जस अन्तर्गत मास्क नलगाउने, व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना नगर्नेलाई ५० हजार हङकङ डलरसम्म जरिवाना हुनसक्नेछ।

कोरोनाको उपाय नमान्नेलाई ६ महिनाको जेल सजाय पनि हुनसक्ने बतााइएको छ। यी नियमहरु होटल, रेस्टुरेन्ट तथा अन्य भीड हुने स्थानमा लागू हुनेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .