२० मिनेटसम्म उक्त टोर्नेडो देखिएपनि त्यसले कुनै क्षति नगरेको एससीएमपीले जनाएको छ।
हङकङमा बिरलै टोर्नेडो देखा पर्छ। १५ वर्षमा पहिलोपटक हिजो शुक्रबार टोर्नेडो हङकङमा देखा परेको पनि जनाइएको छ।
हङकङ अब्जर्भेटरीका अनुसार उक्त टोर्नेडो शुक्रबार हङकङ विमानस्थल नजिक अपरान्ह ४ बजेर ३० मिनेटमा देखिएको थियो।
हङकङ अब्जर्भेटरीकी वैज्ञानिक अधिकारी ताम हिउ–चिङका अनुसार शुक्रबारको टोर्नेडो निकै कमजोर किसिमको थियो।
उनी भन्छिन्,‘हङकङमा बिरलै टोर्नेडो देखिन्छ र यसले पार्ने प्रभाव पनि सामान्य हुन्छ।’ यसअघि सन् २००४ र २००५ मा हङकङमा टोर्नेडो देखा परेको थियो।
प्रतिक्रिया