गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको सातौं अधिवेशनको तयारी सँगै नयाँ कार्यसमिति सर्वसम्मत बनाउने प्रयास भएको छ।
नयाँ कार्यसमितिका लागि यसपाली दुई उपाध्यक्ष र महासचिवसहित अधिकांश पदाधिकारी निर्विरोध चयन हुने भएका छन्। अध्यक्षमा भने वर्तमान अध्यक्ष टीका (राधिका) गुरुङ र वर्तमान उपाध्यक्ष निरञ्जन गुरुङले उम्मेदवारी दिएका छन्।
जुलाई २८, आइतबार हुने अधिवेशन र नयाँ कार्यसमितिको निर्वाचनका लागि एनआरएनए हङकङको निर्वाचन आयोगले बुधबार अन्तिम नामावली प्रकाशित गरेको हो।
नयाँ कार्यसमितिमा विधान अनुसार अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, सचिव १, कोषाध्यक्ष १, महिला संयोजक १, युवा संयोजक १ र सदस्य ९ सहित १७ जना रहने छन्।
कार्यसमितिको प्रत्यक्ष निर्वाचनका लागि अध्यक्ष पदमा टीका (राधिका) गुरुङ र निरञ्जन गुरुङको उम्मेदवारी परेको छ।
उपाध्यक्षमा किसन राई र कर्म गुरुङ, महासचिवमा गोकर्ण प्रसाद ढकाल, सचिवमा डिल्लिराम विश्वकर्मा तथा कोषाध्यक्षमा सन्तोष कुमार गुरुङको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित हुनेछन्।
महिला संयोजक अनु राई र युवा संयोजक प्रेम लामा तथा सदस्यहरु विजय कुमार गुरुङ, अर्जुन गौचन र अरविन सिंह पनि निर्विरोध भएका छन्।
नयाँ कार्य समितिको पहिलो बैठकले १ प्रवक्ता र सदस्यहरु सहित ६ जना मनोनयन गर्ने वर्तमान महासचिव किसन राईले बताए।
आइतबार जोर्डनको इण्डीया क्लबमा सातौं अधिवेशन आयोजना गरिएको छ। अधिवेशनमा एनआरएनए हङकङका ९५५ मतदाता लगायत सदस्यहरू सहभागी हुनेछन्।
Shares
प्रतिक्रिया