शनिबार १३ नयाँ संक्रमित थपिएसँगै यहाँ कोरोना संक्रमितको संख्या ५ हजार ९ पुगेको एससीएमपीले जनाएको छ।
यसैबीच यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १०३ पुगेको छ। हालसम्म ४७ सयभने उपचारपछि स्वस्थ बनेका छन्।
शनिबार थपिएका १३ नयाँ संक्रमितमध्ये ९ जना विदेशबाट फर्किएका व्यक्ति हुन्।
उनीहरु युक्रेन, अर्जेन्टिना, इन्डिया र फिलिपिन्सबाट फर्किएका थिए।
हङकङमा हाल सामूहिक कोरोना परीक्षण कार्यक्रम जारी छ। यस कार्यक्रम अन्तर्गत हङकङका सबै नागरिकलाई निशुल्क कोरोना परीक्षण गराइनेछ।
यस योजना अन्तर्गत यतिबेला लाखौं मानिसहरुले कोरोना परीक्षण गरिसकेका छन्।
प्रतिक्रिया