अमेरिकासँग हङकङको आग्रहः हाम्रो उत्पादनमा ‘मेड इन चाइना’को लेबल हटाऊ

अमेरिकासँग हङकङको आग्रहः हाम्रो उत्पादनमा ‘मेड इन चाइना’को लेबल हटाऊ

नेपालखबर
भदौ ३१, २०७७ बुधबार १२:३०,

आफ्ना घरेलु उत्पादनमा अमेरिकाले ‘मेड इन चाइना’को लेबल लगाउने भएपछि हङकङले अमेरिकालाई औपचारिक रुपमा पत्रचार गरेर त्यस्ता लेबल हटाउन आग्रह गरेको एससीएमपीले जनाएको छ।

अमेरिकी नयाँ नियमअनुसार हङकङबाट अमेरिकामा निर्यात हुने सामग्रीमा ‘मेड इन चाइना’को लेबल लगाइनेछ।

हङकङले पत्रमा अमेरिकाले मेड इन चाइनाको लेबल नहटाए आफूले यो विषय विश्व व्यापार संगठन डब्लूटीओमा उठाउने पनि उल्लेख गरेको छ।

हङकङमा पछिल्लो समय मुख्य क्षेत्र चीनको प्रभुत्व बढ्दै गएको छ। चीनले केही महिना अगाडि मात्र हङकङका लागि नयाँ राष्ट्रिय सुरक्षा कानुन पनि बनाएको थियो।

त्यसयता चीनसँग व्यापार युद्धमा होमिएको अमेरिकाले हङकङसँगको सहकार्य तोड्दै लगेको छ। अमेरिकाले आफूले दिँदै आएको विशेष आर्थिक स्थिती हङकङलाई प्रदान नगर्ने बताउँदै आएको छ।

हङकङमा चिनियाँ प्रभाव बढेको भन्दै ट्रम्पले हङकङमा लगानी नगर्ने बताएका थिए। यसबीचमा अमेरिकाले हङकङका सामग्रीमा मेड इन चाइनाको लेबल लगाउने नियम बनाएको थियो।

तर हङकङले अमेरिकी निर्णयमा आपत्ति जनाएको छ। यद्यपी हङकङले पछिल्लो समय हङकङमा बनेका सामग्रीमा ‘मेड इन हङकङ, चाइना’ नामको लेबल राख्ने सम्भावना भएको त्यहाँका विज्ञहरु बताउँछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .