प्रहरीका अनुसार बुधबार बिहानै तिन सुई वाईको हङ फुक स्टेटस्थित हङ लोक हाउसको १६ औं तलाको फ्लयाटमा यस घटना भएको हो।
चान थर गरेका ६५ वर्षका वृद्ध श्रीमानलाई चक्कुले आक्रमण गरेसँगै ५० वर्षकी महिला १६ औं तलाको फ्ल्याटको झ्यालबाट हाफ फालेको बताइएको छ।
महिलाले श्रीमानलाई किन आक्रमण गरिन् भनेर हालसम्म पत्ता लाग्न सकेको छैन। घटनास्थलमा पुग्दा महिला अपार्टमेन्टको ग्राउन्डमा मृत भेटिएकी थिइन्।
वृद्ध भने घाइते अवस्थामा फ्ल्याटमा भेटिएका थिए। त्यहाँ १५ इन्चको छुरा भेटिएको थियो भने वृद्धको शरीरमा ५ इन्च लामो घाउ बनेको छ।
हाल वृद्धको ट्युन मुन अस्पतालमा उपचार भइरहेको छ। एससीएमपी
प्रतिक्रिया