आइतबार हङकङका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आज एकैदिन ७२ जना नयाँ कोरोना संक्रमित थपिँदा सोही अवधिमा चार जनाको मृत्यु भएको छ।
यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ४ हजार ७९ पुगेको छ। साथै यहाँ कोभिड १९ का कारण यहाँ मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने २४ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।
कोरोना संक्रमण शुन्यमा झरेको हङकङको अवस्था गत महिनाको मध्यबाट जटिल बन्दै गएको छ।
यसबीचमा चीनका विज्ञहरुको टोली हङकङमा कोरोना नियन्त्रण गर्न पनि आएका छन्।
हाल हङकङमा खुकुलो बनाइएको कोरोनाविरुद्धको नियमलाई फेरि कडा बनाइएको छ।
यहाँ मास्क अनिवार्य लगाउन निर्देशन दिइएको छ भने होटल तथा रेस्टुरेन्टमा बसेर खान प्रतिबन्ध लगाइएको छ।
प्रतिक्रिया