अन्ततः चीनले पारित गर्‍याे हङकङकाे स्वतन्त्रतासम्बन्धी विवादास्पद कानुन

अन्ततः चीनले पारित गर्‍याे हङकङकाे स्वतन्त्रतासम्बन्धी विवादास्पद कानुन

नेपालखबर
असार १६, २०७७ मंगलबार २:५८,

चीनले हङकङसम्बन्धी विवादास्पद राष्ट्रिय सुरक्षा कानुन पारित गरेको छ। यसबाट ‘हङकङको स्वतन्त्रतामा गम्भीर असर पर्ने’ आशंका जनाएको छ।

चीनको राष्ट्रिय जनकंग्रेस– संसदले मंगलबार सर्वसम्मतिले राष्ट्रिय सुरक्षा कानुन पारित गरेको हो। यो कानुन जुलाई १ देखि लागू हुने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

चीनले आफ्नो विशेष प्रशासनिक क्षेत्र हङकङमा यो कानुन लागू गर्ने घोषणा गत महिना नै गरेको थियो।

चीनको शीर्ष विधायिकी निकायले सर्वसम्मतले पारित गरेको यो कानुनमा हङकङ अलग पार्ने, तोडफोड, आतंकवाद र विदेशी सेनाको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पुर्‍याउन प्रतिबन्ध लगाइएको छ। यसो गरे अपराध मानिने र हदैसम्मको दण्ड सजाय हुने उल्लेख छ।

यो कानुनका विषयमा चीन र अमेरिकाबीच पछिल्लो समय कूटनीतिक टकराव चलिरहेको थियो।अमेरिकाले विश्वको आर्थिक राजधानी हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन ल्याए आफूले हङकङलाई दिइरहेको विशेष सहुलियत र पहिचानलाई हटाउने चेतावनी दिएको थियो।

अमेरिकासहितका पश्चिमा राष्ट्रले चीनले ल्याउने कानुनले हङकङलाई प्रदान गरिएको स्वायत्तताको अधिकार कुण्ठित पार्ने र हङकङका नागरिकको स्वतन्त्रता हनन हुने भन्दै विरोध जनाइरहेका थिए।

चीनले यसको खण्डन गर्दै राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने सानो तहका केही कानुन मात्र परिवर्तन गर्न लागिएको बताएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .