हङकङमा सुरक्षा कानुनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु भन्छन्ः स्वतन्त्रता नभए शहरमा बस्दैनौं

हङकङमा सुरक्षा कानुनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु भन्छन्ः स्वतन्त्रता नभए शहरमा बस्दैनौं

नेपालखबर
असार १४, २०७७ आइतबार ११:४३,

दर्जनौंको संख्यामा सडकमा उत्रिएका मानिसहरुले बेइजिङले बनाएको सुरक्षा कानुनले हङकङको स्वतन्त्रता धरापमा परेको बताएका थिए।

प्रदर्शनकारीले हङकङको स्वतन्त्रता गुमे आफूहरुले शहर छाड्ने बताएको एससीएमपीले जनाएको छ।

‘स्वतन्त्रता बिनाको शहरमा मलाई बस्न मन छैन’ आइतबार प्रदर्शनमा सहभागी भएकी २० वर्षकी एक युवतीले एससीएमपीसँग भनिन्,‘सुरक्षा कानुनले हङकङको स्वतन्त्रता गुम्छ र मलाई डर छ मलाई प्रदर्शन गरेकोमा पक्राउ गरिनेछ। तर शहरको स्वतन्त्रताको लागि प्रदर्शन अपरिहार्य छ।’

मङकक, नाथन रोड, जोर्डन लगायतका क्षेत्रमा आइतबार प्रदर्शनकारीहरुले प्रदर्शन गरेका थिए। प्रदर्शनलाई हिंस्रक हुन नदिन प्रहरी पनि उत्तिकै मात्रामा खटिएका थिए।

नयाँ सुरक्षा कानुनले चीन विरोधी गतिविधिलाई अपराध ठहर गरेको छ। कानुनअनुसार चीन सरकार, चीनको झण्डा र चीनको राष्ट्रगानलाई आँच पुग्ने गतिविधि शहरमा गर्न पाइनेछैन।

सुरक्षा कानुनले हङकङमा आतंकवादी तथा अराजक गतिविधि नियन्त्रणमा आउने त्यहाँको सरकारको भनाइ छ। यो विषय शहरको स्वतन्त्रताको विषयसँग नजोडिएको कार्यकारी प्रमुख क्यारी लामले बताउँदै आएकी छिन्।

यद्यपी स्थानीयले स्वतन्त्रता धरापमा परेकोभन्दै प्रदर्शन गर्न थालेका छन्। अमेरिका बेलायत लगायतका पश्चिमा मुलुकले पनि हङकङका लागि बनाइएको सुरक्षा कानुनको विरोध गर्दै आएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .