हङकङमा सुरक्षा कानुनविरुद्ध प्रदर्शन, १४ जना पक्राउ

हङकङमा सुरक्षा कानुनविरुद्ध प्रदर्शन, १४ जना पक्राउ

नेपालखबर
असार ११, २०७७ बिहिबार १७:०,

हङकङमा बेइजिङले लागू गरेको राष्ट्रिय सुरक्षा कानुनविरुद्ध बिहीबार भएको प्रदर्शनको क्रममा कम्तिमा १४ जना पक्राउ परेका छन्।

प्रहरीले युनलोङको योहो मल सपिङ सेन्टरमा प्रदर्शन गर्ने १४ देखि ५५ वर्ष उमेरका १४ जना पक्राउ परेको जनाएको छ।

बिहीबार साँझ प्रहरीले भिड हटाउन प्रदर्शनकारीमाथि खुर्सानीको धुलो प्रहार गरेको थियो भने सादा पोशाकमा आएका प्रहरीले थप दुई जनालाई पक्राउ गरेपछि तनाव बढेको थियो।

प्रहरीका अनुसार योहो मलमा गैरकानुनी रुपमा प्रदर्शन गरेको आरोपमा ९ जना पुरुष र ५ जना महिलालाई पक्राउ गरिएको हो।

बेइजिङले हङकङमा विदेशी शक्तिको आडमा हुने चीन विरोधी प्रदर्शन नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा कानुन मस्यौदा गरेको छ, जुन चीनको नेशनल कंग्रेस–संसदबाट जुन ३० मा पारित गर्ने तयारी छ।

बेइजिङले हङकङमा हुने आतंककारी गतिविधि नियन्त्रण गर्न यस्तो कानुन ल्याएको बताउँदै आएको छ भने हङकङका विपक्षीहरूले बेइजिङले हङकङको स्वायत्तता खुम्च्याउन खोजेको आरोप लगाउँदै आएका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .