आगामी असार १२ गते (जुन २६ मा) नेपाल वायुसेवा निगमको जहाज हङकङ उडान गर्ने भएको छ। हार्भेस्ट मुन टुर एण्ड ट्राभलले निगमको जहाज चार्टर्ड उडान गर्ने भएको हो।
ट्राभल एजेन्सीले चार्टर्ड उडानको लागि टिकट काटेका तर हङकङ जान नपाएकालाई तत्काल सम्पर्क गर्न भनेको छ।
नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले पनि हङकङको लागि चार्टर्ड उडान रहेको बताएकी छन्।
‘हार्भेष्ट मुनले चार्टर्ड गरेको जहाज हङकङ सरकारले अनुमति नदिँदा ढिला भएको हो,’ प्रवक्ता खड्काले भनिन् ‘२६ जुनमा काठमाडौं हङकङ उडान रहेको छ।’
जुन ४ र ५ तारीखमा ४ उडान हुने भनिएकोमा सबै उडान रद्द भएका थिए। जसमध्ये एक उडान जुन १४ मा हङकङ भएको थियो।
चैतमा लकडाउनपछि नेपालमै अड्किएका हङकङको आईडी भएका नेपालीहरु हङकङमा शैक्षिक संस्था तथा व्यापार व्यवसाय खुलेकाले मंहगो मूल्यमा जहाज चार्टर्ड गरी जान अतुर रहेका छन्।
जुन २ तारिखमा पनि तीन जहाजमार्फत करिब ५८० जना हङकङ गएका थिए।
प्रतिक्रिया