हङकङको मौसम विज्ञान विभागले हङकङमा सामुन्द्रिक आँधी (ताइफुन) आउने सक्ने बताएको छ।
शुक्रबार साँझ विभागले वर्षकै पहिलो सामुन्द्रिक आँधी (ताइफुन) आउने बारे पहिलो सिग्नल जारी गरेको हो।
उक्त आँधी केही दिनपश्चात चीनको पश्चिमी गुवाङ्डोङको तटबाट तीव्र गतिमा हङकङतर्फ बढ्ने बताइएको छ।
मौसम विभागका अनुसार शनिबार प्रचण्ड गर्मी हुने तथा मेघ गर्जनको साथ केही वर्षा हुने बताईएको छ। शुक्रबार (आज) हङकङको तापक्रम ३५ डिग्री पुगेको र यो वर्षकै सर्वाधिकउच्च भएको मौसम विभागले जनाएको छ।
मौसमविद येउङ क्वोक चुङका अनुसार उक्त आँधी आगामी आइतबार हङकङ नजिकै भएर गुज्रने छ। जसले समुद्रको सतह बढाउँदै मंगलबारसम्म वर्षा गराउने बताएका छन्। तर पनि चुङले सो आँधी हङकङबाट अझै टाढा भएकले त्यसको बहावको दिशा भने यकिन गर्न नसकिने बताएका छन्।
गत हप्ता हङकङमा भारी वर्षाका कारणा होचा भाग डुबानमा परेका थिए भने सन् २०१८ मा आएको आँधी माङखुटले झन्डै ४ अर्ब अमेरिकी डलर बराबरको क्षति तुल्याएको थियो।
Shares
प्रतिक्रिया