हङकङस्थित अमेरिकी वाणिज्य दूतावास अगाडि प्रदर्शनकारीले अमेरिकामा प्रहरीको हिंसा बन्द हुनुपर्ने भन्दै नारा लगाएका थिए।
अमेरिकामा हाल रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ। गत मे २५ मा प्रहरीको नियन्त्रणमै रहेका क्रममा अफ्रिकी मूलका अमेरिकी नागरिक जोर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकामा अशान्ति मच्चिएको छ।
प्रहरीले हथकडी लगाइएको फ्लोएडको घाँटीमा घुँडाले झन्डै ९ मिनेट थिचेमा थिए। प्रहरीको रंगभेदी दृष्टिकोरणकै कारण फ्लोएडको हत्या भएको भनेर विश्वभर यतिबेला ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान संचालन भएको छ।
विश्वभरबाट मानिसहरुले यस अभियानलाई समर्थन गर्ने क्रममा हङकङका नागरिकले पनि अमेरिकी प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन गर्दै अभियानलाई साथ दिएका हुन्।
प्रदर्शनकारीले आइतबार अमेरिकी वाणिज्य दूतावास अगाडि ‘अश्वेतको जीवनले पनि अर्थ राख्छ’ भन्ने ब्यानर तथा प्लेकार्ड बोकेका थिए। सीएनए
यो पनि: ‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’
प्रतिक्रिया