आज मंगलबार शारीरिक दुरीको नियम समाप्त हुँदै थियो। तर कोरोनाको प्रभाव शहरमा नहटेपछि सरकारले म्याद थप गरेको हो।
यो नियमले सार्बजनिक स्थानमा ८ जना भन्दा बढी भेला हुन बन्देज लगाएको छ।
यस नियमले बिदेशीहरुलाई हङकङ आउन बाट पनि रोक लाग्छ।
कोरोना संक्रमितको नजिक रहँदा कोरोना सर्ने त्रास हुन्छ। डब्लूएचओका अनुसार कोरोना प्रकोपका बेला मानिसले व्यक्ति व्यक्तिबीचको शारीरिक दुरी साढे एक देखि २ मिटरसम्म कायम गर्नुपर्छ।
यसरी कोरोना संक्रमण हुने खतरा रहँदैन।
हङकङमा कयौं दिनसम्म कोरोनाको सङ्क्रमण शून्यमा झरे पनि मङ्गलबार कम्तिमा ६ जनमा कोरोना सङ्क्रमण देखिएको यहाँको स्वस्थ केन्द्रले जनाएको छ।
नयाँ संक्रमित थपिएसँगै हङकङमा हालसम्म एक हजार ९३ जनामा कोरोना भाइरसको पुष्टि भएको छ।
अधिकारीहरुका अनुसार बिदेशबाट हङकङ भित्रीनेहरु धेरै मात्राम संक्रमित छन्।
यसैबीच नेपालबाट ५ सय ८५ हङकङ आईडी होल्डर नेपालीहरु मङ्गलबार बिहान हङकङ आईपुगेका छन। उनीहरुमा कोरोना भेटिए नभेटिएको कुनै समाचार प्राप्त भएको छैन।
त्यस्तै भोली बुधबार भारतबाट ३०० आईडी होल्डर भारतीयहरु
हङकङ आउँदैछन्।
यसअघि पाकिस्तानबाट हङकङ फर्किएका आईड होल्डरहरुमध्ये कम्तीमा १३ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो।
प्रतिक्रिया