चीनले हङकङका लागि प्रस्ताव गरेको सुरक्षा कानुनले राज्यद्रोह, विद्रोह र राज्य विभाजन, राज्य विध्वंशमा प्रतिबन्ध लगाउनेछ।
प्रस्तावित कानुन पारित भए हङकङमा चीन विरोधी गतिविधि गर्न पाइनेछैन।
लि भन्छन्,‘शहरमा आतंकवाद बढिरहेको छ जसले राष्ट्रिय सुरक्षालाई चुनौती दिइरहेको छ। स्वतन्त्र हङकङको नाममा आन्दोलन व्यापक चर्किरहेको छ।’
चीनले हङकङका लागि कानुन प्रस्ताव गरेयता हङकङमा केहि दिनयता मुख्य क्षेत्र चीन र हङकङ सरकारको विरोध भइरहेको छ।
आइतबार मात्र प्रस्तावित सुरक्षा कानुनविरुद्ध हङकङमा हजारौं मानिसले प्रदर्शन गरेका थिए।
सो क्रममा कम्तिमा एक सय ८० प्रदर्शनकारी पक्राउ परेका छन्।
बेइजिङको समर्थन गर्ने भनिएकी हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले प्रस्तावित कानुनको पूर्ण समर्थन गरेकी छन्।
यद्यपी उनले शहरको स्वतन्त्रता परिवर्तन नहुने बताएकी छन्। तर प्रदर्शनकारीले हङकङले पाएको स्वतन्त्रता गुमाउने खतरा रहेको बताउँदै आएका छन्।
हङकङमा चीनको एक देश दुई प्रणाली सिद्धान्त अन्तर्गत सरकार संचालन हुने गर्दछ।
गतवर्ष पनि हङकङमा चीन र हङकङ सरकारविरुद्ध महिनौं लामो आन्दोलन भएको थियो। अपराधी चीन सुपुर्दगी हुने विधेयक संसदमा पेश भएपछि हङकङका नागरिक प्रदर्शनमा उत्रिएका थिए।
कोरोनाको प्रकोपसँगै सरकारविरुद्धको आन्दोलन स्थगित भएको थियो। यतिबेला फेरि नयाँ कानुनको विषयलाई लिएर हङकङमा प्रदर्शन सुरु भएको छ।
लिका अनुसार गतवर्ष सरकारविरुद्धको प्रदर्शनका क्रममा बम बिस्फोट गराइएको थियो, प्रहरीमाथि पेट्रोलबम प्रहार भएको थियो। हतियारधारी समूह सक्रिय भएकाले तिनलाई नियन्त्रण गरिनुपर्ने लि बताउँछन्। बीबीसी
प्रतिक्रिया