सिन्ह्वाका अनुसार टेलिफोन बुथ आकारको यस भाइरसलाई निष्क्रिय बनाउने च्यानलले ४० सेकेन्डमा मानिसको पुरा शरीरमा स्यानिटाइजको प्रक्रिया पुरा गर्दछ।
यस्तै हङकङको विमानस्थलमा सरसफाइ गर्ने रोवट पनि राखेको बताइएको छ।
हङकङमा विदेशबाट फर्कने व्यक्तिबाट कोरोनाको संक्रमण बढेपछि फुल–बडी डिसइन्फेक्सन च्यानल विमानस्थलमा राखिएको हो।
यस च्यानलले कपडा तथा बाहिरी शरीरमा भएको भाइरसको संक्रमणलाई निष्क्रिय बनाउँछ। हाल हङकङमा एक हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
विदेशबाट फर्किने व्यक्तिमा कोरोनाको संक्रमण बढी देखिएपछि हाल हङकङले अनिश्चित समयका लागि पर्यटकमाथि प्रतिबन्ध लगाएको छ।
यद्यपी अन्य मुलुकमा रहेको आफ्नो नागरिक भने हङकङले फर्काइरहेको छ। हाल देखिएका कोरोना संक्रमित पनि अधिकाँश विदेशबाट फर्किएका व्यक्ति नै हुन्।
हङकङले विदेशबाट फर्कने सबै व्यक्तिलाई अब फुल–बडी डिसइन्फेक्सन च्यानलमा राख्नेछ। यसरी कोरोना संक्रमित व्यक्तिबाट संक्रमणको खतरा कम हुने विश्वास लिइएको छ।
प्रतिक्रिया