यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ९१५ पुगेको छ। त्यहाँ हालसम्म ४ जनाको मृत्यु भइसकेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
सरकारले कोरोना नियन्त्रणको कदम स्वरुप गत शुक्रबारदेखि धेरै मानिसहरु जम्मा हुने स्थानः गेमिङ सेन्टर, साउना, पुल हल, फिटनेस सेन्टर, सिनेमा घर, पार्टी रुमहरु, ब्युटी पार्लर बन्द गरिदिएको छ।
सरकारले गत शुक्रबार हङकङका जुनसुकै स्थानमा चारभन्दा बढी मानिस जम्मा हुन नपाइने नियम पनि लागू गरेको थियो।
यसबीचमा आज सोमबार उक्त नियमको पालना नगर्ने ६ जनालाई प्रहरीले भीडभाड गरेको भन्दै कारबाही गरेको छ।
चार जनासँगै जम्मा हुने नियम छ। तर उनीहरु ६ जना सँगै बसेर चेस खेलिरहेका थिए। उनीहरुलाई २ हजार हङकङ डलर जरिवाना गरिएको बताइएको छ।
प्रतिक्रिया