हङकङको मोङककस्थित एक बिल्डिङबाट आइतबार साँझ नेपाली दिदीबहिनी खसेका छन्। तत्कालै उद्धार गरी अस्पताल पुर्याइएका उनीहरूमध्ये दिदीको मृत्यु भएको हङकङका चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
४० वर्षीय दिदि गर्भवती थिइन। अस्पतालमा आपतकालीन अप्रेसनपछि उनले बच्चालाई जन्म दिएको अस्पताल स्रोतलाई उधृत गर्दै हङकङको एक अनलाइनले जनाएको छ। बच्चालाई जन्म दिएपछि ४० वर्षीय ती महिलाको मृत्यु भएको सोमबार बिहान अस्पतालले पुष्टि गरेको छ।
हङकङमा अहिले कोरोना भाइरस संक्रमण रोक्ने प्रयास अन्तर्गत सार्वजनिक स्थलमा चार जनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको छ। त्यसैले अधिकांश मानिस घरमै बस्दै आएका छन्।
कसरी यो घटना भयो भन्नेबारे विस्तृत रिपोर्ट आउन बाँकी छ।
बिल्डिङबाट सँगै खसेकी २७ वर्षीय बहिनी भने सकुशल रहेको र अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
प्रहरीका अनुसार उनीहरू आइतबार साँझ करिब ७ बजे मोङककको रिक्लामेसन स्ट्रिटस्थित बिल्डिङबाट खसेका थिए, जहाँ उनीहरू डेरामा बस्ने गरेको बताइएको छ।
प्रत्यक्षदर्शीहरूले सूचना दिएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।
प्रतिक्रिया