शुक्रवार जोर्डनस्थित केसि सिटि स्नुकर सेन्टरमा आयोजित कार्यक्रम मार्फत आयोजक स्पोर्ट्स क्लबले प्रतियोगिता आयोजना हुनेबारे जानकारी दिएको हो।
आयोजकका अनुसार हङकङ–नेपाल स्नुकर च्याम्पियनसिप २०१९ आगामी २२ सेप्टेम्बर आईतबारका दिन सिटि स्नुकर सेन्टरमा हुनेछ।
ईच्छुक खेलाडीहरुको लागि प्रवेश शुल्क हङकङ डलर ३०० राखिएको छ भने अन्तिम दर्ता मिति २० सेप्टेम्बर तोकिएको छ।
डिभिजन ए, बी र सी गरी तीन समूहमा खेलाईने उक्त प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमशः हङकङ डलर १०,००० र ५,००० प्राप्त गर्नेछन् भने हाईएस्ट ब्रेक गर्नेले १,००० डलर पुरस्कार हात पार्नेछ।
‘गत बर्ष ४१ जना सहभागी थिए, यसपटक एक सय सहभागीहरु पुग्न सक्छन्’ प्रतियोगिताको आयोजक स्पोर्ट्स क्लबका अध्यक्ष ओम गुरुङले डिभिजन छुट्टाईएको कारण सहभागीको संख्या बढ्ने अनुमान रहेको बताउँदै भने ‘ओपन मात्र राख्दा मध्यम तथा सिकारुहरु भाग लिन डराउँछन, त्यसैले राम्रा खेलाडीहरु ए, मध्यम बी र सिकारुहरुलाई सी डिभिजनमा राख्ने निर्णय गरेका हाै, अब सिकारुहरु समेत निर्धक्क प्रतियोगिता सहभागी हुन सक्छन।’
उनका अनुसार बी र सी डिभिजनमा पुरस्का स्वरुप ट्रफी मात्र राखिएको छ। यद्यपी सी डिभिजनका फाईनलिस्ट र बीका शीर्ष ४ जनाले ओपन च्याम्पियनसिपका लागि भिड्न गुरुङको भनाइ रहेको छ।
गत बर्षको डिफेन्डिङ च्याम्पियन दिपेन राणा काठमाडाैमा यही जुलाईको ७ देखि १७ तारिखसम्म सन्चालन हुने “चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप’’मा भाग लिन शनिबार काठमाडौ उडिसकेको समेत ओमले बताए।
हङकङमा कम्तिमा पाँचसय नेपाली स्नुकर खेलाडीहरु रहेको स्पोर्ट्स क्लबको भनाइ छ।
Shares
प्रतिक्रिया