यससँगै यहाँ कोरोना भाइरस ‘कोभिड–१९’ बाट संक्रमित हुनेको संख्या २ सय ८ पुगेको छ। हालसम्म हङकङमा चार जनाको मृत्यु भइसकेको छ।
बिहीबार हङकङका अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समय संक्रमित हुने पाँच जनाले रात्रिकालिन मनोरञ्जन स्थलमा भ्रमण गरेका थिए।
हाल अधिकारीहरुले लान क्वाई फोनका उक्त स्थानहरुको पहिचान गरिरहेका छन्। बार, रेस्टुरेन्ट र जिमहरुबाट कोरोना संक्रमण भएको आशंका गरिएको छ।
यसैबीच हङकङमा पहिलोपटक गर्भवती महिला कोरोना भाइरसबाट संक्रमित बनेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
३२ वर्षकी महिलामा बिहीबार कोरोना पुष्टि भएको र उनी १६ हप्ताको गर्भवती भएको बताइएको छ।
इटली र दुबई हुँदै ती महिला हङकङ फर्किएकी थिइन्।
3
Shares
प्रतिक्रिया