हङकङका ताओबाओ प्रयोगकर्तालाई डेलिभरी शुल्क मिनाहा गर्ने अलिबाबाको तयारी

हङकङका ताओबाओ प्रयोगकर्तालाई डेलिभरी शुल्क मिनाहा गर्ने अलिबाबाको तयारी

ताओबाओ अनलाइन किनमेलको लागि चिनियाँ वेबसाइट हो (तस्बिर : सटरस्टक)


नेपालखबर
असोज ११, २०८१ शुक्रबार ११:१३, हङकङ

चालु वर्षको चौथो त्रैमासिकको अवधिमा हङकङका ताओबाओ प्रयोगकर्तालाई डेलिभरी शुल्क मिनाहा गर्न १ अर्ब युआन (१४२ मिलियन यूएस डलर) छुट्याइएको अलिबाबा ग्रुप होल्डिङले जनाएको छ।

ताओबाओ अनलाइन किनमेलको लागि चिनियाँ वेबसाइट हो। यो चीनमा अलिबाबा समूहद्वारा सञ्चालित छ।

बिहीबार हङकङमा आयोजित एक कार्यक्रममा अलिबाबाका मालिकले बताएअनुसार तीन महिनाको प्रवर्द्धनात्मक अभियानमा ताओबाओमा फेसन, इलेक्ट्रोनिक्स, स्किनकेयर र कस्मेटिक उत्पादन जस्ता सामग्री समेटिनेछन्।

त्यस्तै, कार्यक्रममा बोल्ने अर्का वक्ता यि जियान्सुले ताओबाओ हङकङका प्रयोगकर्ताका लागि भरपर्दो मित्र बन्न सक्ने बताए। यि अलिबाबाको अन्तर्राष्ट्रिय डिजिटल कमर्स ग्रुपको एक एकाइ टीमल ताओबाओ वर्ल्डका महाप्रबन्धक हुन्।

‘हङकङ अलिबाबाका लागि महत्त्वपूर्ण बजारमध्ये एक हो,’ यि भन्छन्, ‘हामी आशा गर्छौँ कि ताओबाओ साँच्चै हङकङका प्रयोगकर्ता, बासिन्दा र परिवारका लागि भरपर्दो मित्र बन्न सक्छ।’

ताओबाओ प्रयोगकर्ताले अलिबाबाको क्यानिओ स्मार्ट लजिस्टिक नेटवर्कद्वारा सञ्चालित सहरका ८ सयभन्दा बढी डेलिभरी स्टेसनबाट आफ्नो अर्डर लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले यो स्किम अक्टोबरबाट सुरु गर्ने बताएको छ। चौथो त्रैमासिक कम्पनीको लागि सधैँ शीर्ष बिक्री हुने समय भएको हुनाले यतिखेर नै यो स्किम लागु गर्ने तयारी गरिएको टीमल ताओबाओ वर्ल्डको हङकङ र मकाउका सञ्चालन प्रमुख सीके चानले बताए। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .