सिंगापुर एयरलाइन्सले हङकङका यात्रुलाई एसिया-प्रशान्त क्षेत्रको उडानमा ६० प्रतिशतसम्म छुट दिने भएको छ।
एयरलाइन्सको यो कदमसँगै हङकङमा हवाई भाडा छुटको नयाँ युद्ध सुरु भएको कतिपयको बुझाई छ। यसले क्षेत्रीय प्रतिद्वन्द्वी क्याथे प्यासिफिक एयरवेजलाई दबाब सिर्जना हुने पुगेको छ।
सिंगापुर एयरलाइन्सले बिहीबार घोषणा गरेअनुसार, बुधबारदेखि आइतबारसम्म सिंगापुर, बाली, क्वालालम्पुर र पेनाङका लागि करसहित इकोनोमी क्लासका टिकटको मूल्य १५ सय हङकङ डलरबाट सुरु हुनेछ। यो मूूल्य भनेको नियमित मूल्यको ६० प्रतिशत कम हो।
यसैगरी, अर्को वर्षको ३० जुनसम्मका लागि अस्ट्रेलियाका विभिन्न सहर समेट्नेगरी एसिया प्रशान्त क्षेत्रका गन्तव्यमा हङकङ डलर ४ हजार ७० (इकोनोमी क्लास) र माल्दिभ्सका लागि हङकङ डलर ४ हजार ६ सय ९५ को भाडादर अघि सारेको छ। (एससीएमपी)
123
Shares
प्रतिक्रिया