समुद्री खानामाथिको प्रतिबन्ध हटाउन हङकङलाई जापानको आग्रह

समुद्री खानामाथिको प्रतिबन्ध हटाउन हङकङलाई जापानको आग्रह

हङकङले जापानको १० प्रान्तका जलीय उत्पादनमा प्रतिबन्ध लगाएको छ (एससीएमपी)


नेपालखबर
असोज ९, २०८१ बुधबार १७:५१, हङकङ

आफ्नो देशबाट निर्यात हुने १० प्रान्तका समुद्री खानामा लगाएको प्रतिबन्ध हटाउन जापानले हङकङसमक्ष आग्रह गरेको छ।

बेइजिङले विस्तारै आफ्नो कडाइ फुकुवा गर्ने संकेत गरेलगत्तै जापानी कूटनीतिज्ञले ‘सही निर्णय’ गर्न हङकङका अधिकारीलाई आग्रह गरेका हुन्।

टोकियो-बेइजिङबीच प्रतिबन्ध हटाउने वार्तामा प्रगतिसँगै हङकङस्थित जापानी कन्सुल जनरल केनिची ओकाडाबाट बुधबार उक्त अभिव्यक्ति आएको हो।

उनको यस अभिव्यक्तिको अघिल्लो दिन मात्रै हङकङका प्रमुख कार्यकारी जोन लीले आफ्नो प्रशासनले प्रतिबन्धहरू समायोजन गर्ने कुनै पनि सम्भावना विचार गर्नुअघि ‘पर्याप्त वैज्ञानिक डाटा र प्रमाण’मा ध्यान दिन आह्वान गरेका थिए।

हङकङले हाल टोकियो, फुकुसिमा, चिबा, तोचिगी, इबाराकी, गुन्मा, मियागी, निगाता, नागानो र साइतामा प्रान्तका जलीय उत्पादनमा प्रतिबन्ध लगाएको छ।

‘यो खेदजनक छ कि हङकङ सरकारले अझै पनि १० जापानी प्रान्तबाट जलीय उत्पादन आयात गर्न प्रतिबन्ध लगाएको छ,’ बुधबार ९औँ जापान शरद महोत्सवको उद्घाटन समारोहमा ओकाडाले भने, ‘जापानी जलीय उत्पादनको हङकङ ठूलो विश्वव्यापी निर्यात गन्तव्य हो।’ (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .