सोमबार हङकङको तापक्रममा भारी गिरावट आएको छ। अब्जर्भेटरीले आजको न्यूनतम तापक्रम २३.४ डिग्री सेल्सियस रेकर्ड गरेको छ।
उत्तरपूर्वी मनसुनबाट प्रभावित तापक्रम सहरभरि २६ डिग्री सेल्सियसमा झरेको छ। अब्जर्भेटरीले दिउँसो साढे ३ बजेसम्म चिमसा चोइको न्यूनतम तापक्रम २३.४ डिग्री सेल्सियस रेकर्ड गरेको हो।
ताइमो सान र टेट्स केयर्नमा पनि क्रमशः १८ र १९.२ डिग्रीको न्यूनतम तापक्रम रेकर्ड गरिएको थियो।
दक्षिण चीन सागरको उत्तरी भागमा अहिले बनेको न्यून चापीय रेखा भोलि ग्वान्दोङको तटीय क्षेत्र नजिक पुग्ने र यस क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने मौसमविद्ले जनाएका छन्।
अब्जर्भेटरीको दिउँसो साढे ४ बजेको मौसम बुलेटिनमा हङकङको दक्षिणी क्षेत्रबाट उत्तरतर्फ कालो बादल सरिरहेको र दुई घण्टापछि यसले त्यस क्षेत्रलाई असर गर्न सक्ने जनाइएको छ।
अब्जर्भेटरीको वेबसाइटमा आजको तापक्रम २३ देखि २८ डिग्री सेल्सियसका बीचमा रहने उल्लेख छ। साढे ४ बजेको रेकर्ड २६.५ डिग्री सेल्सियस रहेको छ।
Shares
प्रतिक्रिया