हङकङमा क्याथे एयरबसको इन्जिन त्रुटि : जहाजमा आगो लाग्न सक्ने चेतावनी

जुरिच उडानमा समस्या देखिएपछि गरिएको थियो सबै विमानको परीक्षण
हङकङमा क्याथे एयरबसको इन्जिन त्रुटि : जहाजमा आगो लाग्न सक्ने चेतावनी

नेपालखबर
असोज ३, २०८१ बिहिबार १८:१५, हङकङ

एक हप्ताअघि क्याथे प्यासिफिक एयरवेजद्वारा सञ्चालित एयरबस ए३५० को इन्जिन कम्पोनेन्टमा समस्या देखिएपछि सबै जहाजको निरीक्षण थालिएको थियो।

यसका लागि सबै जहाज ग्राउन्डेड भएका थिए भने ७० उडान रद्द गरिएको थियो।

निरीक्षणका क्रममा १५ वटा विमानमा पार्टपुर्जा प्रतिस्थापन गर्नुपर्ने भेटिएको क्याथेले यसअघि नै जनाइसकेको छ। एयरलाइन्ससँग ए३५०-९००एसका ३० वटा र ए३५०केएसका १८ विमान छन्।

क्याथेले ट्रेन्ट एक्सडब्लूबी-९७ इन्जिनमा समस्या देखिएको बताएपछि अध्ययन थालेको हङकङ प्राधिकरणले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै यो ठूलो समस्या भएको र यसले जहाजमा आगो लाग्न सक्ने चेतावनी दिएको हो।

‘यो गम्भीर समस्या हो। यसले बिग्रिएको सेकेन्डरी फ्युल मेनिफोल्ड नलीबाट चुहावटको सम्भावना चित्रण गर्दछ,’ प्राधिकरणले भनेको छ, ‘जसले इन्जिनमा आगो लाग्न सक्छ। त्यसकरण यसको छिटो सुधार आवश्यक छ।’

यसको छिटो समाधानका लागि निर्माता कम्पनीसँग पहल गर्न समेत प्राधिकरणले सुझाएको छ।

समस्या देखिएका ट्रेन्ट एक्सडब्लूबी-९७ इन्जिन बेलायतको रोल्स-रोयसद्वारा निर्मित हुन्। यस इन्जिनभित्रको इन्धन नोजलमा समस्या देखिएको हो, जुन मोडल ए३५०के मा प्रयोग गरिएको छ।

यही सेप्टेम्बर १४ को बिहान हङकङबाट भियतनामको जुरिच प्रस्थान गरेको क्याथेको जहाज इन्जिन कम्पोनेन्टमा समस्या देखिएपछि उडेको ७५ मिनेटमै हङकङ फर्किएको थियो। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .