हङकङको क्याथे प्यासिफिक एयरवेजले एयरबस ए३५० फ्लिटमा इन्जिन कम्पोनेन्ट फेलको कारणले थप २२ उडान रद्द गरेको छ। यो सँगै यस हप्ता रद्द हुने संख्या ९० पुगेको छ।
क्यारियरले यसअघि मंगलबार ४८ र बुधबार २० उडान रद्द गरेको थियो।
साउथ चाइना मर्निङ पोस्टमा उल्लेख भएअनुसार पोस्टको जिज्ञासामा एयरलाइन्सले बिहीबारदेखि शनिबारसम्मका २२ उडान रद्द भएको पुष्टि गरेको हो।
कम्पनीले बुधबार ए३५० फ्लिटका १५ वटा विमानमा इन्जिन इन्धन लाइन प्रतिस्थापन गर्नुपर्ने पहिचान गरेको थियो। जसमध्ये ६ वटा विमान मर्मत गरी सञ्चालनका लागि तयार भइसकेका छन्। बाँकी ९ वटाको पनि मर्मत सकी शनिबारदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
समस्या देखिएका ट्रेन्ट एक्सडब्लूबी-९७ इन्जिन बेलायत आधारित रोल्स-रोयसद्वारा निर्मित हुन्।
165
Shares
प्रतिक्रिया