हङकङमा यस वर्षको बाँकी अवधिमा थप तीनदेखि पाँच वटासम्म टाइफुन आउन सक्ने अब्जर्भेटरीले जनाएको छ।
अब्जर्भेटरीले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार यस वर्षको सात महिनाको अवधिमा उत्तर पश्चिम प्रशान्त र दक्षिण चीन सागमार पाँच वटा टाइफुन बने। तीमध्ये दुई वटाले हङकङलाई असर गरे।
अबका बाँकी चार महिनामा तीनदेखि पाँच वटा चक्रवात हङकङको ५ सय किलोमिटर क्षेत्रभित्र प्रवेश गर्न सक्ने अनुमान अब्जर्भेटरीको छ।
यसैगरी, आज हङकङको तापक्रम सामान्यतया तातो रहनेछ भने केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनेछ। त्यस्तै, रातको समयमा बदली र हल्का हावा समेत चल्नेछ।
दिउँसो १२:४० मा सहरको तापक्रम ३३.२ डिग्री सेल्सियस रहेको छ।
990
Shares
प्रतिक्रिया