काउलुनस्थित सिने-आर्ट हाउस सोमबार (२६ अगस्ट)देखि बन्द हुने भएको छ। यसका सञ्चालकले सिनेमा हल बन्द गर्ने घोषणा गरेसँगै हङकङमा एक वर्षभित्र ६ वटा सिनेमा हल स्थायी रूपमा बन्द भएका हुन्।
लिजको म्याद सकिएसँगै सिनेमा सदाका लागि बन्द हुने सञ्चालकले सामाजिक सञ्जालमार्फत मंगलबार जानकारी गराएका हुन्।
काउलुन सिटी प्लाजामा रहेको यो सिनेमा हल सन् २०१९ मा खुलेको हो।
यसका सञ्चालकले ३० वर्षभन्दा बढी समयदेखि हङकङमा व्यवसाय गर्दै आएका छन्। काउलुन सिटीको हल बन्द भए पनि अन्य दुई सिनेमा घर भने सञ्चालनमै रहनेछन्। कजवे बेमा रहेको सिने-आर्ट हाउस जेपी र चिङ यिस्थित सिने-आर्ट हाउस यथावत् चल्नेछन्। (एजेन्सी)
300
Shares
प्रतिक्रिया