शुक्रबारदेखि हराइरहेकी १७ वर्षीया किशोरी अझै फेला नपरेको र खोजी कार्य जारी रहेको हङकङ प्रहरीले जनाएको छ।
शुक्रबार साउकेइ वानको होली क्रस पथस्थित घरबाट निस्किएकी ताम लोक बेपत्ता भएकी हुन्।
लगभग १.७५ मिटर उचाइ र ६० केजी तौल भएकी ताम घरबाट निस्केको धेरै समयसम्म पनि सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो।
सीसीटीभी फुटेजमा पछिल्लो पटक खैरो टि-सर्ट, निलो डेनिम सर्ट, सेतो जुत्ता र अनुहारमा मास्क लगाएको देखिएकी उनलाई जोकसैले देखेमा न्यु टेरिटोरिज साउथ ‘हराएका व्यक्ति इकाइ’मा वा जुनसुकै प्रहरी चौकीमा खबर गरिदिन प्रहरीले आग्रह गरेको छ। (एससीएमपी)
4.9k
Shares
प्रतिक्रिया