हङकङमा आज भारी वर्षा र बाढीको सम्भावना

हङकङमा आज भारी वर्षा र बाढीको सम्भावना

हङकङमा बिहीबार भारी वर्षाको सम्भावना रहेको अब्जर्भेटरीले जनाएको छ (एससीएमपी)


नेपालखबर
साउन ३१, २०८१ बिहिबार १०:३३, हङकङ

हङकङ अब्जर्भेटरीले बिहीबार सहरमा भारी वर्षाका हुनुका साथै बाढी समेत आउने सम्भावना रहेको बताएको छ।

बिहान ११:४० मा जारी बुलेटिनमा अब्जर्भेटरीले एम्बर वर्षा चेतावनी संकेत समेत जारी गरेको छ।

‘तल्लो तटीय र कमजोर ढल भएका क्षेत्रमा भारी वर्षाले अचानक बाढी ल्यान सक्छ,’ बुलेटिनमा भनिएको छ।

बाढीबाट प्रभावित हुन सक्ने बासिन्दालाई क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन र आम जनतालाई जलाधारबाट टाढा रहन समेत अब्जर्भेटरीले आग्रह गरेको छ।

यस्तै, शुक्रबार समेत भारी वर्षा हुने र आगामी दुई दिन सहरका केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .