हङकङमा ४० लाख डलर अपचलन गरेको आरोपमा ३० जना पक्राउ

किनमेल, रोजगारीदेखि अनलाइन ठगीसम्मका घटनामा तानिए अभियुक्त
हङकङमा ४० लाख डलर अपचलन गरेको आरोपमा ३० जना पक्राउ

नेपालखबर
असार २१, २०८१ शुक्रबार १८:१३, काठमाडौँ

हङकङमा १६-२९ जुलाईसम्म सञ्चालन गरिएको ठगी तथा सम्पत्ति शुद्धीकरण अभियानअन्तर्गत विभिन्न घटनामा संलग्न भएको आरोपमा ३० जनालाई पक्राउ गरिएको छ।

क्वान तङ प्रहरीले उक्त अवधिमा गरेको अपरेसनमा १९ देखि ७३ वर्षका २१ पुरुष र ९ महिलालाई पक्राउ गरेको हो।

यी व्यक्तिहरू फरक फरक घोटलामा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्। जसमा किनमेल घोटला, अनलाइन लगानी ठगी, रोजगारी घोटला आदि समावेश छन्।

यी घटनाबाट कम्तीमा ४० लाख हङकङ डलर अपचलन भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

ठगिएकामध्ये सबैभन्दा कान्छो पीडितमा एक १५ वर्षीय किशोर रहेका छन्। जसलाई जागिर खोजिदिने भन्दै ठगिएको थियो।

त्यस्तै अर्को घटना सरकारी अधिकारीको नक्कल गरिएको सम्बन्धमा छ। एक सेवानिवृत्त व्यक्तिको संलग्नता देखिएको यो घटनामा २० लाख हङकङ डलर अपचलन भएको छ। जुन, समग्र ठगी रकमको आधा हो।

एक प्रहरी प्रवक्तालाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार अभियानको मुख्य लक्ष्य नक्कली खाता प्रयोग गर्नेहरूलाई पक्राउ गर्नु हो।

ठगीका घटना बढेपछि प्रहरीले सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको छ।

परिचयपत्र, बैंकका कागजात, खाता खोल्न वा अनलाइन कारोबारका लागि प्रयोग गर्न सकिने फोटो, भिडिओ र अन्य बायोमेट्रिक विवरण लगायतका गोप्य कागजात सुरक्षित गर्न सर्वसाधारणलाई अपिल गरिएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .