बिहीबार बिहान हङकङको सेन्ट्रलस्थित सरकारी निवासको ड्युटीमा रहेका प्रहरी जवानलाई निजी कारले ठक्कर दिएको छ।
बिहान ११ बजे निवासको गेटमा ड्युटी गरिरहेका प्रहरी जवानलाई गलत बाटोमा यात्रा गरी यु-टर्न लिँदै गरेको कारले ठक्कर दिएको हो।
कार चालकले गलत बाटो प्रयोग गरी सरकारी भवन बाहिर यु-टर्न लिने प्रयास गरेका थिए। जसका कारण गार्डेन रोडतर्फ ट्राफिक अवरुद्ध भएपछि व्यवस्थापनका लागि गएका प्रहरीलाई कारले ठक्कर दिन पुग्यो।
घटनाका कारण प्रहरीको दाहिने खुट्टामा चोट लागेको छ।
कार चालकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिई घाइते प्रहरीलाई उपचारका लागि अस्पताल पठाइएको द स्ट्यान्डर्डले जनाएको छ।
87
Shares
प्रतिक्रिया