कम्प्युटर प्रणालीमा समस्या आएपछि आइतबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सूचना प्रणाली अवरुद्ध भएको छ।
बिहान ७ बजेदेखि नै विमानस्थलको उडान बोर्डमा प्रस्थान, आगमनका साथै चेक इन काउन्टर विवरण लगायत अद्यावधिक नहुँदा यात्रु तथा विमानस्थलका कर्मचारीलाई असुविधा भएको हो।
एयरपोर्ट अथोरिटी हङकङ (एएएचके)ले प्रणालीमा खराबीका कारण उडान सूचना डिस्प्ले बोर्डमा समस्या आएको बताएको छ। जसका कारण इलोक्ट्रोनिक स्क्रिन, वेबसाइट, मोबाइल एप अद्यावधिक हुन सकेनन्।
डिस्प्ले बोर्डमा समस्या आए पनि उडान सञ्चालनमा भने कुनै असर नपरेको एएएचकेले जनाएको छ। साथै, प्रभावित सेवालाई व्यवस्थित गर्न विमानस्थलले आपत्कालीन प्रतिक्रिया केन्द्र (इमर्जेन्सी रेस्पोन्स् सेन्टर) लागिपरेको पनि बताइएको छ।
यो असुविधाका कारण यात्रुलाई चेक-इनको लागि प्रशस्त समय दिन र यात्रुलाई पनि उडान जानकारीका लागि एयरलाइन्ससँग समन्वय गर्न एएएचकेले सुझाव दिएको द स्ट्यान्डर्डमा उल्लेख छ।
Shares
प्रतिक्रिया