आपत्कालीन अवतरणको क्रममा कार्गो विमानको टायर फुट्दा सोमबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको एउटा धावनमार्ग (रनवे) आठ घण्टा बन्द हुन पुग्यो। धावनमार्ग बन्द भएपछि सयौँ यात्रु प्रभावित बने।
कार्गो विमानको हाइड्रोलिक सिस्टम फेल भएपछि आपत्कालीन अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको हो।
जसका कारण हिजो (सोमबार) बिहान सात बजेबाट विमानस्थलको उत्तरी धावनमार्ग जबरजस्ती बन्द हुन पुगेको थियो।
रनवे बन्द हुँदा सात बजेदेखि मध्यरातसम्म विमानस्थलमा ह्यान्डल गरिएका ९३२ उडानमध्ये करिब आधा अर्थात् ४५० उडान प्रभावित भएको विमानस्थल प्राधिकरणले जनाएको छ।
एउटा घटनाबाट आठ घण्टा धावनमार्ग बन्द भएपछि विमानस्थल प्राधिकरणलाई आकस्मिक योजनाहरूको समीक्षा गर्न सरोकारवालाले आग्रह गरेका छन्।
702
Shares
प्रतिक्रिया