आइतबार दिउँसो हङकङको ताइपोमा दुई वटा गाडी एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
दिउँसो करिब सवा १ बजे साममान साइ गाउँतर्फ जाँदै गरेको सात सिटर गाडी र ताइपोतर्फ जाँदै गरेको टेस्ला कार एकापसमा ठोकिँदा उक्त दुर्घटना भएको हो।
ओभरटेक गर्ने क्रममा सात सिटर गाडी विपरीत लेनमा पस्दा दुर्घटना भएको आशंका गरिएको छ।
दुर्घटनामा दुवै गाडीका चालकसहित सात सिटरमा सवार चार जना यात्रु घाइते भए। घाइतेमध्ये सात सिटरमा सवार ७९ वर्षीया महिलालाई भने अस्पतालले मृत घोषित गरेको छ।
उनको मिउलिङ नेदरसोल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनलाई अस्पताले दिउँसो साढे २ बजे मृत घोषित गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
दुर्घटनाको समय टेस्ला कारको पछाडि रहेको मोटरसाइकल चालक पनि घाइते भएका छन्।
दुर्घटनाका कारण बस रुट ७४ के पनि प्रभावित भएको छ।
Shares
प्रतिक्रिया