हङकङमा कोरोनाबाट संक्रमितको संख्या पुग्यो ७४, १२ व्यक्ति उपचारपछि फर्काइए

हङकङमा कोरोनाबाट संक्रमितको संख्या पुग्यो ७४, १२ व्यक्ति उपचारपछि फर्काइए

नेपालखबर
फागुन ११, २०७६ आइतबार ११:१४,

आइतबार कोरोनाबाट संक्रमितको संख्या पाँचले बढेसँगै त्यहाँ संक्रमितको पुरा संख्या ७४ पुगेको हङकङको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

संक्रमित सबैभन्दा पछिल्लो व्यक्ति ६८ वर्षका एक वृद्ध भएको बताइएको छ। उनी जापानको कोरोना संक्रमित पानीजहाज डायमोन्ड प्रिन्सेस जहाजबाट उद्धार गरी फर्काएका व्यक्ति हुन्।

फेब्रुअरी २३ सम्मको तथ्यांकअनुसार हालसम्म हङकङमा कोरोनाबाट संक्रमितमध्ये १२ जना उपचारपछि स्वस्थ्य भएका छन्।

हङकङमा कोरोनाले २ व्यक्तिको ज्यान लिएको हालसम्मको तथ्यांक छ।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ।

मृतकको संख्या २ हजार ४६१ जनाको मृत्यु भइसकेको छ।

चीनमा मात्र २ हजार चारसय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन्।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म २३ हजा ९२ जना कोरोनाबाट संक्रमित उपचारपछि स्वस्थ बनिसकेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .